रौतहट ।। कत्र्तव्य ज्यान मुद्दामा निर्दोष व्यक्तिलाई समातेर प्रहरीले चरम यातना दिएपछि दलित युवकको मत्यु भएको अरोप लगाउदै दलित समुदायका नागरिकहरु विहिवार इलाका प्रहरी कार्यालय गरुडा घेराउ गरेका छन् । दलित समुदायका नागरिकहरुले प्रहरी ज्यादती विरुद्ध चर्को नारा लगाएपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् । ‘महतोको ठाँउमा तत्कालका लागि जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठलाई गरुडा पठाइएको छ । घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले उपसचिवको संजोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा प्रदेश प्रहरी कार्यालयका उपरिक्षक र रौतहटका अनुसन्धान कार्यालयका उपरिक्षक सदस्य छन् ।
निरञ्जन राम हत्याकाण्डमा इलाका प्रहरी कार्यालय गरुडाले भदौं १ गते सात जनालाई पक्राउ गरेर हिरासतमा मानवअधिकारको घोर उलंघन गर्दै विद्युतिय करेन्ट लगाई चरम यातना दिदा १९ बर्षिय विजय राम चमारको अवस्था दैनिय भयो । गत साउन ३१ गते राति रौतहटको गरुडा नगरपालिका–८ बसविटी जिगडिया स्थित सच फलफुल नर्सरीमा कार्यरत मजदुर नन्दलाल चमारको २० बर्षिय छोरा निरञ्जन रामको घाँटी रेटेर हत्याको आरोपमा प्रहरीले सात जनालाई समातेर कत्र्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद थप गरेर कारवाही चलाएको आरोपित मध्ये दलित युवक विजयको उपचारको क्रममा मृत्यु भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here