रौतहट।। सिमापारी भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई चेकजाँच गर्दा साढे २८ लाख नेपाली नोट सहित सशस्त्र प्रहरीले विहिवार विहान पक्राउ गरेको छ । सशस्त्र प्रहरीको ११ नम्वर गणलाई विशेष सुचना प्राप्त भएपछि रौतहटको इशनाथ नगरपालिकाको वडा नम्वर ९ नेपाल भारत सिमा क्षेत्र लवतना भन्ने स्थानमा लुकेर बसेका सशस्त्र प्रहरीले सुचनाको आधारमा आज विहान ७.१५ बजेको समयमा आएका ति युवकलाई निन्त्रणमा लिई चेकजाँच गर्दा श्रोत नखुलेको २८ लाख ५१ हजार ९ सय ६० रुपैंया बरामद गरिएको हो ।
सिमापारी भारतबाट नेपाल तर्फ आउदै गरेको बिआर३०एन९५८० नम्बरको भारतीय मोटरसाइकलमा सवार रौतहट राजपुर नगरपालिका ९ वैरियाका शिवनाथ साहको २० बर्षिय दिलिपकुमार साहको साथबाट श्रोत नखुलेको सो रकम बरामद भएको सशस्त्र प्रहरीका एसपी सुर्यबहादुर सेन ओलीले जानकारी दिए ।
मोटरसाइकलको विभिन्न भागमा लुकाएर ल्याउदै गर्दा बरामद भएको उक्त रकमको बारेमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरिक्षक ओलीले बताए । पछिल्लो समय रौतहटको पश्चिमी नाका हुदै नेपाल तर्फ ल्याइएको श्रोत नखुलेका लाखौं रकम पटक पटक प्रहरीले बरामद गरेको छ ।
यसरी पटक पटक नेपाली नोट भारतीय बजारबाट नेपाल आउनुमा हुण्डी कारोवारीहरुको निकै ठूलो गिरोह यतिवेला रौतहटमा सक्रिय रहेको आशंका गरिदैछ । सिमा क्षेत्रमा नेपाली र भारतीय नोटहरु सहज रुपमा वारिपारी भईरहदा सशस्त्र प्रहरी र नेपाल प्रहरीले त्यसमाथि निगरानी बढाउनु नितान्त आवश्यक रहेको देखिन्छ ।
राैतहटमा साढे २८ लाख रकम सहित युवक पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।