काठमाडौं ।। छिमेकि देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३३ लाख भन्दा बढी पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा एकैदिन थप ७५ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३३ लाख १० हजार २ सय ३५ पुगेको छ ।
जसमध्ये २५ लाख २३ हजार ७ सय ७२ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । भने ७ लाख २५ हजार ९ सय ९१ जनाको उपचार भइरहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा १ हजार २३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यो सँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ६० हजार ४ सय ७२ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here