काठमाडौं ।। भारतीय क्रिकेटर विराट कोहोली बुवा बन्ने भएका छन् । उनले आफ्नी श्रीमती तथा बलियड अभिनेत्री अनुष्का शर्मासँगको तस्वीर शेयर गर्दै सञ्जालमार्फत जनवरी २०२१ मा नयाँ पाहुना आउन लागेको बताएका हुन् ।
विवाह गरेको तीन वर्षपछि अनुष्का गर्भवती भएकी हुन्। आमाबुवा बन्न लागेको जानकारीपछि उनीहरूलाई शुभकामना दिन थालेका छन्।
पछिल्लो केही समयदेखि अनुष्का गर्भवती भएको जानकारी सामाजिक सञ्जालमा आइरहेका थिए। अनुष्कालाई मुम्बईको एक अस्पतालबाट बाहिर आइरहेको तस्वीर सार्वजनिक भएको थियो। जसमा उनी गर्भवती भएको अनुमान गरिएको थियो। तर, अहिलेसम्म यसको पुष्टि हुन सकेको थिएन। अन्ततः विराटले यसको पुष्टि गरेका हुन्।
उनीहरुलाई इण्डस्ट्रीमा सबैभन्दा धेरै पावरफुल कपलको रुपमा हेर्ने गरिन्छ । उनीहरुले सन् २०१७ मा विवाह गरेका थिए ।

 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here