काठमाडौं ।। नेपालमा बु्धबार थप ८८५ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर २७१ महिला र ५८४ पुरुषसहित ८८५ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१९ पुगेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ भने १९ हजार ५०४ जना घर निको भई फर्किएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् भने हालसम्म नेपालमा १९ हजार ५०४ जना घर निको भई फर्किएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ५६।६ रहेको प्रवक्ता गौतमले बताएका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा १३ हजार २५३ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ६ लाख ३५ हजार २५२ नमुनाको पिसिआर परिक्षण भएको छ ।
त्यस्तै क्वारेन्टाइनमा ९ हजार ८३२ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार २८ जना रहेका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ७३९ रहेको छ ।
काठमाडौँ उपत्यकामा ३०१ जना संक्रमित थपिए
आज काठमाडौँ उपत्यकामा थप ३०१ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित भेटिएका छन् ।
नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु
नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा २ जना महिला र ९ पुरुष रहेका छन् ।
मृत्यु हुने पुरुषमा महोत्तरीका ३ जना, कैलाली र बाराका २-२ जना तथा बाँके र काठमाडौँ एक जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here