काठमाडौं ।। पडोसी देश भारतमा पनि कोरोना संक्रमितको संख्या तेज गतिमा फैलिरहेको छ ।
बुधवारसम्म भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ६६ हजार ८ सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३२ लाख ३९ हजार ९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा मात्रै १०६६ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संखया ५९ हजार ६४५ पुगेको छ ।
अहिलेसम्म २४ लाख ६८ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख १० हजार ७६३ जनाको उपचार भइरहेको छ ।
एसियाली देशमा भने भारत पहिलो बढी संक्रमित भएको देश बनेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here