काठमाडौँ ।। देशभर पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

यसैगरी पिछल्लाे २४ घण्टामा ३ सय १३ जना कोरोना सङ्क्रमण निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना निको हुनेको जम्मा सङ्ख्या १९ हजार १ सय १९ पुगेको प्रवक्ता गाैतमले बताए ।
पछिल्लो २४ घण्टामा जम्मा ११ हजार ३ सय २७ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मुलुकभर हाल १४ हजार २ सय ५० जना आइसोलेशनमा रहेका र त्यसमध्ये होम आइसोलेशनमा पाँच हजार ६ सय ६९ एवम् संस्थागत आइसोलेसनमा आठ हजार ५ सय ८१ जना रहेको मन्त्रलयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here