एजेन्सी ।। बलिउड सुपर स्टार अभिनेता सञ्जय दत्त अमेरिका जाने भएकाे छ । फोक्सोको क्यान्सरको उपचार गर्न उनी न्युयोर्क स्थित क्यान्र सेन्टर जाने तयारीमा छन् ।
भारतिय मिडियाका अनुसार सञ्जयले अमेरिका जान भीसाको आवेदन दिएका छन् । तर, उनले भीसा पाउन सजिलो भने नभएको बताइएको छ । सन् १९९३ मा मुम्बई बिष्फोटमा दोषी ठहरिएकाले समस्या रहेको छ । तर, स्वास्थ्योपचारको लागि उनले भीसा पाउने सम्भावना रहेको छ ।सञ्जयसँग उपचारका लागि उनकी पत्नी मान्यता बहिनी प्रिया दत्त न्युयोर्क जाने तयारीमा छन् । न्युयोर्कमा सञ्जयकी छोरी त्रीशला पनि बस्छिन् ।सञ्जयकी आमा नर्गिसको सन् १९८० र १९८१ ताका न्युयोर्कको क्यान्सर अस्पतालमै उपचार भएको थियो । सोही अस्पतालमा ऋषि कपुर, मनिषा कोइराला र सोनाली बेन्द्रेको उपचार भएको थियो । मनिषा र सोनाली क्यान्सरको उपचारपछि सामान्य अवस्थामा फर्किएका छन् ।
अमेरिकाले भीसा नदिए सञ्जय सिंगापुर जाने तयारीमा छन् ।