रौतहट ।। विश्व कोरोना भाईसरका कारण देशमै रौतहटमा सवै भन्दा बढी संक्रमित देखिएकोले जिल्लामा पिसिआर ल्याव स्थापनार्थ युवाहरुले गरेको प्रयास सराहनी भएको भन्दै रौतहट प्रमुख जिल्ला अधिकार ईन्द्रदेव यादवले धन्यावाद दिएका छन् ।
प्रजिअ यादवले आज एक विज्ञप्ती जारी गरि, जिल्लामा पिसिया ल्यावको अभाव देखाउदै सरकारको ध्यानाकर्षण गराउने गरि रौतहटका युवा भाई बहिनहरुले संचालन गरेको अभियानाले सरकारको ध्यानाकर्षण भएको र त्यो अभियान स्थगन गरिएको जनाउदै, भदौ महिनामा प्रदेश नं. २ का सरकारको सहयोगमा गौर जिल्ला अस्पतालमा पिसिआर ल्याव स्थापना हुने समेत विज्ञप्ती मार्फ जानकारी गराईएको छ ।
रौतहटका युवाहरुले गरेको यो प्रयास अतिनै सराहनीय भएको र यस्ता प्रयासले सरकारलाई जनताको समस्या बुझाउन र त्यसको समाधानको उपाय खोजनमा सहयोगी भुमिका निर्वाह गर्न गरेको बृद्धी जिवीहरुको भनाई रहेको छ । जिल्लाका प्रत्येक नागरिकले विकासको सवालमा अगाडी आए पछि विकास पक्का हुनेछ । यस्ता युवाहरुलाई प्रोत्साहन गरि बढदो भ्रष्टाचारलाई नियन्त्रण गराउनमा अगाडी आउनु पर्ने देखिन्छ । प्रजिअ यादवकाे सकिृयताबाट युवाहरू हर्षीत र उत्साहीत बनेकाे युवाहरूले प्रतिक्रया दिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here