रौतहट ।। तेश्रो मधेश आन्दोलनको क्रममा रौतहटको गौरमा सहादत प्राप्त गरेको मधेशी सहिद राजकिशोर ठाकुरको पुण्य तिथिको अवसरमा जनमत पार्टी रौतहटले श्रध्दाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा मधेश आन्दोलनको क्रममा सहादत दिएका राजकिशोर ठाकुर लगायत सम्पूर्ण सहिदहरुको सम्मानमा मौनधारण एवम मैनबत्ति प्रज्वलन गरी श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका दिग्गज स्थानीय नेता श्री राम राय यादव, जमाहिर मियाँ तत्कालीन एमालेवाट निर्वाचित वडा अध्यक्ष बिष्णु साह, जसपाका बिरबल बैठा लगायत दुई दर्जन भन्दा बढी नेता कार्यकर्ताहरु बिभिन्न पार्टी परित्याग गरी पार्टीमा प्रवेश गरिएको जनमत पार्टी रौतहटका अध्यक्ष विकास यादव द्वारा हस्ताक्षरीत विज्ञप्तमा जनाईएको छ ।
आयोजित कार्यक्रममा जनमत पार्टी केन्द्रीय सदस्य बिरेन्द्र साह, मधेश नेतृत्व पुञ्जका केन्द्रीय संयोजक ललित मल्लिक शानू, बरिष्ठ नेतृत्व मण्डल को केन्द्रीय संयोजक अशोक कुमार सिंह, जिल्ला ईन्चार्ज विनय वर्मा क्षेत्रिय अध्यक्ष राजकुमार साह लगायतका नेताहरुको सहभागीता रहेको विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here