रौतहट ।। रौतहटको गरुडा नगरपालिका वार्ड नं. ८ बसविटी जिगडियाका २० बर्षिय युवक निरञ्जन रामको हत्यारलाई कडाभन्दा कडा कारवाहीको लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
रामको साउन ३१ गते राति घाँटी रेटेर विभत्स हत्या गरिएको थियो । सोनेलाल राम संयोजनमा गठन गरिएको निरन्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहट आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञपन पत्रमा, नेपालमा केही समय यता दलित विरुद्ध भएका निकृष्ट हत्या हिंसाका घटनाहरु सम्बन्धी समाचारहरु सुनेर हामी स्तब्ध भएका छौं । यस्ता घटनाहरु विरुद्ध मानव अधिकारका निम्ति चलिरहेका विरोध प्रदर्शनहरुमा ऐक्यबद्धता जनाउँदै दलितहरुको जीउ ज्यानको सुरक्षाको लागि हामी तराई मधेशमा बस्दै आएका दलितहरु, संघसंस्था र दलहरु समेतले जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत नेपाल सरकारलाई यो ज्ञापन पत्र बुझाउँदछौं ।
जिल्ला रौतहट गरुडा न।पा वाड नं। ८ स्थित नन्दलाल रामको छोरा बर्ष १७ को निरन्जन राम विगत ६ वर्ष देखी गरुडा स्थित सच फलफुल नर्सरीमा काम गर्दै आएको र दिनहुँ काम गर्ने क्रममा कहिले घर जाने तथा कहिले नर्सरी मै बस्ने गर्दै आएकोमा मिति २०७७ साउन ३१ गते शनिवारका दिन काम गर्न गएको र बेलुका घरबाट आमाले बोलाउन जाँदा नर्सरी संचालकले “आज मेरो गुरुको जन्मदिन छ यही खान्छ र बस्छ भोली घर जान्छ तपाई चिन्ता नलिनुस” भनेपछि निरन्जन रामको आमा घर फर्केको तर भोली पल्ट ३२ गते आईतवार बिहान उक्त नर्सरी पछाडी विभत्स रुपमा घाँटी रेटि हत्या गरेको आवस्थामा देखिएकोमा प्रहरीले ३२ गते देखी अनुसन्धान गरि ११ जनालाई हिरासतमा लिई अनुसन्धान गर्दै ४ जनालाई छोडी ७ जना विरुद्ध मुद्दा चलाएको र उक्त घटना नर्सरी संचालकको काम गर्न जाँदा त्यही रहँदा घटना भएको कारण घटना घटाऊन मुख्य योजनाकार नर्सरी संचालक नै भएकोले ४ जनाका नाममा जाहेरी दर्ताका लागि पटकरपटक ईप्रका गरुडामा जाँदा दर्ता नगरि जाहेरी फेरी ल्याएमा मात्र दर्ता गर्छ नभए गर्दैन भनि डि।एस।पी ज्ञान कुमार महतोले पटक पटक फर्काएकोमा दलित अधिकारकर्मी लगाएतको टोली मुद्दा दर्ता गर्न जाँदा समेत दलित अगुवाहरु नाथुराम परियार र जित बहादुर विश्वकर्मा लगायत पिडित परिवारका श्रीमती पदमा देवी राम, छिमेकी चम्पादेवी राम,संगिता देवी राम लगायतका ३ जना महिलाहरुलाई हातपात तथा लाठी चार्ज गर्दै अभद्र व्यावहार गरि दलितलाई सखाप पारी दिन्छु भन्दै धम्कि दिर्दै मोबाईल समेत खोसी एक घण्टा सम्म हिरासतमा राखेको र दर्ता नगरेकोमा मिति २०७७ भाद्र ४ गतेका दिन बृहत दलित सहभागिताको दबाबमा मुद्दा दर्ता गरेको तथा ईलाका प्रहरी कार्यालय गरुडाले गरेको पत्रकार सम्मेलनमा ७ जना आरोपितलाई सार्वजनिक गरेको तर दर्ता भएको किटानी जाहेरीको मुख्य दोषी तथा अभियुक्तको विषयमा केही नबोली आर्थिक प्रलोभनमा परि डि।एस।पी ज्ञान कुमार महतोले उक्त घटनालाई अन्यत्रै मोडन खोजेको र मुख्य आरोपीत शेख आदाजको बहिनी बर्ष १३ को नजमुनियाँ खातुन र बुवा शेख गुलाबीलाई मिति २०७७ भाद्र ३ गते साँझ ६स्०० बजे ईलाका प्रहरी कार्यालय गरुडामा ५ घण्टा हिरासतमा राखी “जबरजस्ती निरन्जन रामसँगको अनैतिक सम्बन्ध देखाउन खोजी निरन्जन रामसँगको सम्बन्धको कारण मेरो दाई शेख अजादले निरन्जनको हत्या गरेको हो भनि कबुल गरेमा तिम्रो दाईलाई छोडी दिन्छ भनेर पटक पटक मानसिक तथा शाररिक यतना र अभद्र गाली सहित दिई दबाव दिएको तर मैले नभएको कुरा म भन्न सक्दिन” भनि जवाफ दिएपछि मलाई छोडे भनेर बालिका नजमुनियाँ खातुनले प्रष्ट रुपमा भनेको हुँदा यो घटना अत्यन्तै सुनयोजित योजना अनुसार भएको र पैसाको लेनदेनमा परि गरुडा प्रहरी प्रशासनले घटना मोडन समेत लागि परेकोले उक्त घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही गर्न र निर्दोषलाई तत्काल रिहा गर्न अनुरोध गर्दछु । साथै डि।एस।पी सँग पटकरपटक अनुसन्धानको कुरामा छलफल गर्दा प्रत्येक दिन अनुसन्धानका व्यवहोरा सुनाई मुख्य योजनाकार नर्सरी संचालक राजाराम साह र उसको भाईतथा बुवालई मुद्दामा नराख्न डि।एस पीले दोहरयाउँदै जाँदा हत्याका लागि पैसा दिई हत्या गराउने मुख्य अभियुक्त नर्सरी संचालकलाई मुद्दामा नराख्न पिडितलाई दबाव दिदै आएको र डि।एस।पीले केही निर्दोषलाई यातना दिई हत्या आरोप लगाई पिडित पक्षका युवामाथि उल्टै मुद्दा चलाएको अवगत गराउन चाहन्छौ ।
साथै गरुडा ईलाका प्रहरी कार्यालयका डिएसपी ज्ञान कुमार महतोले आर्थिक चलखेलमा परि हत्याका मुख्य नाईके सच नर्सरीका संचालक, राजाराम साह बनियाँ, लखन साह बनिया र तीनका भाईलाई हाल सम्म नसमातेको र निजसंग डिएसपी ज्ञान कुमार महतो आफनो कोठामा बोलाई अपराधीहरुसंग पैसा चलखेलको आडमा हत्यारा बचाउने पुर्ण तयारीका साथ पेश कन्फेन्स गरि गाउँका केही अति विपन्न ,गरिब युवाहरुलाई झुठो ब्यान गराई अदालतलाई समेत गुमराहमा पारी म्याद थमाई थुनामा राखेको र केही युवालाई मरनासन्न सम्म कुटपिट तथा यातना दिई सेरियस समेत बनाई बीरगंजका अस्पतालमा उपचार गराई ल्याउने गरेकोले डिएसपी ज्ञान कुमार महतोको गतिविधिहरुको हामी घोर भत्र्सना गर्दछौं । साथै हामी यस पिडितको न्यायका निम्ति तपसिलका हामी संघसंस्था, नागरिक समाज र राजनितिक दलसमेत ऐक्यबद्धता जनाउँदछौं । यस्ता दुःखद घटनाहरुबाट पाठ सिक्दै नेपालको सरकारी, न्यायिक तथा सामाजिक प्रणालीमा मौलाएका धमिराहरुको निराकरण गर्दै नेपालमा दलितमाथि हुने सबै खाले हत्या हिंसा र उत्पीडनहरुको अन्त्य गर्न नेपाल सरकारलाई सचेत गराउँदै निरन्जन राम हत्या घटनाको मुख्य अपराधी सच नर्सरीका संचालक र तिनका भाई र बुवा समेत लाई अविलम्ब कार्यवाहीको माग गर्दै न्यायको लागि हार्दिक अपिल गर्दछौ ।
निरन्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटलाई सहयोग तथा समर्थन विभिन्न निकायहरुले समेत गरेको छ । समर्थन र सहयोग गर्नेहरु १। नेकपा गरुडा नगरपालिकाको तर्फबाट मो। कलिमुल्लाह,विपिन जैसवाल, ईन्द्रमाला जैसवाल, २। दलित नेटवर्क रौतहटको तर्फ बाट, ३। चमार कल्याणकारी समाज, रौतहटको सोनेलाल राम, ४। मधेशी दलित क्षेत्रिय संजाल रौतहटको तर्फ बाट राम विनय पासवान, ५। नेपाल दुसाध कल्याण समिति रौतहटको तर्फ बाट राम अधार पासवान, ६ दलित मुक्ति मार्चाको तर्फबाट राम नाथ माझी, ७ मुशहर समाज कल्यण समाज रौतहटको तर्फ बाट नथुनी माझी, ८ तत्मा समाज कल्याण रौतहटको तर्फबाट राजकुमार दास तत्मा, ९ बैठा समाज कल्याण रौतहटको तर्फबाट राम प्रवेश बैठा, १० डोम समाज कल्याण रौतहटको तर्फबाट दिनेश मल्ली, ११ नेपाल उत्पीडित जातिय मुक्ति समाज रौतहटको तर्फबाट नाथुराम परियार, १२। विश्वकर्मा समाज रौतहटको तर्फबाट टिकाराम विश्कर्मा, १३ दलित अधिकार कर्मी जित बहादुर वि।क, १४।दलित पत्राकार, १५ दलित महिला अधिकारकर्मी ईन्दु देवी राम लगायतको रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here