कोभिड _१९ का कारण रौतहटको स्थिति नाजुक छ । सम्बन्धित निकाय अर्थात केन्द्र , प्रदेश र स्थानीय सरकार मौन छन्। यता बीचमा प्रदेश सरकारले पिसियार उपलब्ध गराउने भने पनि अहिले सम्म कुनै पनि कदम चालिएको छैन।

दिनप्रतिदिन संक्रमित हरुको संख्या बढी रहेको छ। स्वास संकलन गरेर बाहिर पठाउनु परेको छ। लकडाउन पटक पटक गरिएको छ। तर कुनै पनि किसिमको खासै प्रगति भएको देखिएको छैन।

एक घर एक व्यक्ति पिसियार परीक्षण गर्नु पर्ने अत्यन्त जरुरी भए पनि त्यो पनि नभएको र जिल्लामा युवाहरु ले पिसियार किन्ने अभियान चलाएको र सरकार को आशामा नबसौ रु एक जोडौ पिसियार जिल्ला नै रोजौ अभियान चलाएको र त्यो अभियान पनि जिल्ला प्रशासन कार्यालय बाट रोकन आदेश भएको हुदा पिसियारको जिम्मा जिल्ला प्रशासन कार्यालय ले नै लिनु पर्ने हुदा जिल्लामा तुरुन्त एक घर एक व्यक्ति पिसियार परीक्षण गर्नु भनि माग जनताको रहेको हुदा यसको व्यवस्था तुरुन्तै गर्न अनुरोध गरिन्छ।

जिल्लामा कहिले देखि परीक्षण हुने वा जिल्लामा कहिले पिसियार मेसिन आउने समेत जनताको प्रश्न को जवाफ को समेत दिन अनुरोध गर्दछु।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here