रौतहट ।। ग्रामिण बिकाश केन्द्र आरडिसि नेपाल रौतहटले कोरोना महामारिको बिच फ्रन्ट लाइनमा खटेका सन्चारकर्मीहरुको लागि स्वास्थ्य समाग्री सहयोग गरेको छ ।
आरडिसी संस्थाले नेपाल पत्रकार महासंघ रौतहटलाई अति आवस्यक स्वास्थ्य सुरक्षा सामग्री मास्क, सेनिटाइजर लगायतका समानहरु सहयोग गरेको हो ।
नेपाल पत्रकार महासघ रौतहट सचिव गौतम श्रेष्ठलाई आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले ७५ थान केएन ९५ र सरजिकल २ सया पिस माक्स, सय एमएल तिस थान र पाँच सय एमएल १० थान सेनिटाईजर र पाँच सय एमएल ३ थान हैन्ड वास लगायतका स्वास्थ्य समाग्री हस्तान्तरण गर्नु भएको संस्थाकाे कार्यक्रम संयोजनक विजय साह वानीयाले बताए ।
विपदको समयमा आरडिसी नेपालले आम नागरिक तथा महामारीको समयमा फ्रन्टलाईनमा काम गर्ने पत्रकार, प्रहरी र सेना लगायतका लागि विभिन प्रकारको सहयोग गर्दै आएको छ । यस्ता सहयोग निरंतर रहने स्वास्थ्य समाग्री हस्तान्तरण अध्यक्ष हुसैनले प्रतिवद्धता जनाए ।
आरडीसीको पत्रकारहरुलाई स्वास्थ्य समाग्री सहयोग
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।