रौतहट ।। रौतहट जिल्लामा केहि युवाहरुको समूहले सामाजिक संजाल फेसबुक मार्फत व्यक्तिगत इ सेवा नम्बर दिएर पीसीआर मशीन खरीद गर्न गरेको चन्दा संकलन कार्य माथि जिल्ला प्रशासन कार्यालय रौतहटले रोक लगाएको छ ।
रौतहट युवा पीढ़ी लोगो दिएर ूसरकारको आशमा नबासौ रु १ रोजौ , पीसीआर मशीन जिल्लामा जोडौ बैनरू बनाएर इ सेवा नम्बर ९८४५१९०३७५ हालेर गैर कानूनी रुपमा रकम संकलन गर्न लागेको गिरोह माथि स्थानीय प्रशासनले अभियान रोक्न निर्देशन जारी गरेको हो ।
विश्वभरी महामारीको रूप लिएर फैलिएको कोरोना भाइरसको संक्रमणले विश्व नै आक्रांत भएको अवस्थामा कानून विपरीत आर्थिक प्रलोभन लाइन उदेश्यले केहि व्यक्तिहरुले ठग्ने कार्य गर्दै गरेकोले तुरन्त रोक्नु पर्ने परेको व्यापक जनदबाव पछि प्रमुख जिल्ला अधिकारी इंद्रदेव यादवले सो अभियान रोक्न निर्देशन सहित पत्राचार गरेको हो ।
जिल्लामा पीसीआर मशीन जडान नरहेको कारण देखाएर चन्दा असली गर्ने गरेको जानकारी प्राप्त हुदा भाद्र १ गते कार्यालयको अधिकारी ईमेलबाट अभियान रोक्न निर्देशन दिए पनि हाल सम्म अभियान संचालन जारी राखेकोले रोक्न आदेश जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । भाद्र ३ गतेमा सस्थाले ७ गतेमा सम्पूर्ण बैंक स्टेटमेंट सहित उपस्थित हुने भनिए पनि अभियानलाइ निरंतरता दिइएको देखिएकोले अभियान नरोकिए कड़ा कार्यवाही समेत गरिने चेतावनी दिइएको छ ।
चन्दा संकलन अभियान रोकेर ७ गतेमा जिल्ला प्रशासन कार्यालयमा हाजिर हुने समेत निर्देशन जारी गरिएको छ । आदेशको वर्खिलाप कार्य गरेमा प्रचलित कानून बमोजिम कार्यवाही समेत गर्ने पत्रमा उल्लेख गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here