रौतहट ।। विश्व हिन्दू परिषद् नेपाल रौतहटले सन्तको हत्यामा संलग्नलाइ अविलम्व छानविन गरी कÞानूनी दायरामा ल्याउन मांग गर्दै जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत प्रधानमंत्रीलाइ ज्ञापन पत्र बुझाएको छ !
रौतहट जिल्लाको माधव नारायण नगरपालिका वड़ा नम्बर २ खेसरहियामा हनुमान मन्दिरका पुजारी श्रीराम साहलाइ बुधवार राति सवा नौ बजेको समयमा खाना खानको लागि बसेको बेला अज्ञात हथियारधारी समूहले कन्चटमा गोली हानि हत्या गरेको घटनाले हिन्दू धर्म प्रतिको सुनियोजित घटना भएको भन्दै परिषद्ले निन्दा समेत गरेको हो ।
जिल्ला संयोजक आलोक पांडेय नेतृत्वमा गएका समूहले प्रमुख जिल्ला अधिकारी इंद्रदेव यादवलाई ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्रमा सन्त साहको हत्याले हिन्दू समाजका साधु सन्त असुरक्षित भएको महसूस भाइएकोले सनातन धर्म र साधु सन्तको सुरक्षाको व्यवस्था समेत मिलाउन प्रधानमंत्री सित आग्रह गरिएको छ ।
नेपालमा विगत केहि समय देखि हत्या ,हिंसा ,बलात्कारको घटना समेतमा बृद्धि भएकोले विश्व हिन्दू परिषद् नेपाल चिंतित समेत भएको जिकिर गरिएको छ । निस्वार्थ भावनाले भगवानको सेवामा लागेका ६५ वर्षीय पुजारी साहको क्रुरता पूर्वक गरिएको हत्याको निष्पक्ष रुपमा छानविन गरी घटनामा संलग्न भएकालाइ अविलम्व पक्राउ गरी सार्वजानिक गरी कड़ा कार्यवाही गर्न ध्यानाकर्षण गराउँदै जोड़दार रुपमा मांग गरिएको छ ।
घटनाको समयमा छानविन समेत नभए सन्त समाजको सुरक्षा व्यवस्था सरकारले गर्न नसकिए सरकारको विरुद्ध कड़ा संघर्षमा जान बाध्य हुने ज्ञापन पत्र मार्फत चेतावनी दिइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here