रौतहट ।। रौतहट जिल्लाको माधव नारायण नगरपालिका १५ दिनको लागि पूर्ण रुपमा सील गरिएको छ । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएपछि नगरपालिका सील गरिएको हो ।
संपर्कको अधारमा स्थानीय वड़ा नम्बर १ दिपहीमा संकलन गरिएको ६३ जनाको स्वाव परिक्षण गर्दा ५ जनामा संक्रमण पुस्टि भएपछि भाद्र २ गते राति १२ बजेबाट लागू हुने गरी भाद्र १७ गते राति १२ बजे सम्मको लागि नगरपालिका सील गरिएको नगर प्रमुख वीरेन्द्र प्रसाद यादवले बताएका छन ।
विगत केहि दिन देखि रौतहटमा कोभीड़ १९ को संक्रमण बढ्दै गइरहेको अवस्थामा संक्रमण समुदाय स्तरमा जन जनमा फैलन नदिन यसको रोकथाम नियंत्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन कांट्रैक्ट ट्रेसिंगको कार्यलाई सहज तथा संभावित जोखिमलाइ न्यूनीकरण गर्ने उदेश्यले नगरपालिका सील गरिएको मेयर यादवको भनाइ रहेको छ ।
सील गरिएको अवधि भरिमा नगरपालिकाबाट प्रदान हुदै आएको अति आवश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्नुको साथै व्यापर ,व्यवसाय गर्न , अतिआवशयक काम बाहेक हिँडडुल तथा आवत जावत गर्न प्रतिवंध लगाइएको नगर प्रमुख यादवले बताए ।
कोरोना भाइरसको संक्रमण बाट जोगिनको लागि भौतिक दुरी , बेला बेलामा सावन पानीले मीचिमीची हाथ धुनें ,मास्कको प्रयोग गर्ने तत्काल विकल्प रहेकोले स्वास्थ्य सुरक्षाका मापदंडको अनिवार्य रुपमा पालना गर्न समेत नगरवासी सित मेयर यादवले अपील गर्नु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here