रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिकामा मंगलबार कोरोना भाइरसको संक्रमितको संख्या थपिएको छ ।
कांट्रैक्ट ट्रेसिंगको आधारमा १४९ जनाको स्वाव संकलन गरी जांचको लागि पठाइएकोमा मंगलबार २६ जनाको रिपोर्ट पोजेटीभ आएको हो । अझ केहि रिपोर्ट आऊंन बाकी रहेको छ ।
गौर नगरपालिकाका स्वास्थ्य संयोजक दीनबंधु यादवले २६ जनाको पोजेटिव रिपोर्ट केंद्रीय प्रयोगशालाले पठाएको जानकारी दिएका छन । उहाका अनुसार संक्रमितहरुमा गौर स्थित रहेका कृषि विकास बैंकका ५ जना कर्मचारी र गौर नगरपालिकाका ३ जना कर्मचारी सहित अन्य १८ जना स्थानीय रहेका छन ।
गौर नगरपालिका वड़ा नम्बर १,२,३,५ र ६ मा कोरोना भाइरसको संक्रमित भेटिएको हो । यस अघि पनि नगरपालिकाका कर्मचारी सहित १५ जना पोजेटीभ भेटिएको थियो । गौर र राजदेवी नगरपालिकामा धमाधम संक्रमित भेटिरहेको हुदा संक्रमण नियंत्रण गर्नको लागि केहि दिन दुवै नगरपालिका सील गर्नु पर्ने अवस्था आएको छ ।
संक्रमण नियंत्रण तथा रोकथाम उपचारको लागि व्यवस्थित आइसोलेशनको आभाव रहेकोले संक्रमितहरु होम आइसोलेशनमा राखिएकोमा समुदायमा संक्रमण फैलिने खतरा उच्च रहेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले दोस्रो चरण अंतर्गत भाद्र ७ गते सम्मको लागि निषेधाज्ञाको अवधि थप गरे पनि परिक्षणको दायरा बढ़ाइएको छैन । गौर लगायत गरुडा , माधवनरायण ,कटहरिया , चंद्रपुर नगरपालिका समेतमा समुदाय स्तरमा संक्रमण फैली सकेका छन ।
बैंकका कर्मचारी सहित गौरमा थपिए २६ संक्रमित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।