रौतहट ।। रौतहटमा एक युवकको हत्या भएको छ । जिल्लाको गरुडा नगरपालिका वार्ड नं. ८ जिंगडियामा करिब २२ वर्षका एक युवकको गए राति घाँटी रेटेर हत्या भएको हो ।
विरेन्द्र राजमार्ग अन्तरर्गत पर्ने जिंगडियाको नेपाल प्रहरी स्कुल नजिक रहेको सच नर्सरीमा मजदुरको रुपमा कार्यरत जिंगडियाकै नन्दलाल महराको २२ वर्षीय छोरा निरन्जन रामको गए राति घाँटी रेटेर हत्या गरि फालिएको अवस्थामा आइतबार बिहान शव फेला परेको छ ।
छोरा घरमा राती अबेरसम्म नआएकोले नर्सरीसम्म खोज्न गएको तर नर्सरीमा नभेटिएको र साँझ सात बजेतिरै नर्सरीबाट घर गएको नसरी संचालकले बताएको मृतकका पिता नन्दलाल महराले बताएका छन् । राति नआएको छोराको बिहान शव भेटिएको महराको भनाइ छ ।
सच नर्सरीका संचालक राजगिर साहले हिजो रामरहिम बाबाको जन्मदिन भएकोले जन्मदिन मनाउन दुई सय रुपैया लिएर साँझ सात बजे नै नर्सरीबाट घर गएको बताएका छन्।
रामको शवको गाउँभन्दा करिब तीन सय मिटर उत्तर जमेको पानीमा भेटिएको छ। घाँटी रेटेर हत्या गरी युवकलाई पानीमा फालिएको जस्तो देखिएको प्रहरीको भनाइ छ ।
घटनाको थप छानबिन भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि ज्ञानकुमार महतोले जानकारी दिएका छन् । डिएसपि महतोले, अपराधी पत्ता लगाउन प्रदेश २ कार्यालयबाट तालिम प्राप्त कुकुर घटनास्थल आइपुगेको समेत जानकार गराए
रौतहटमा घाँटी रेटेर एक युवकको हत्या
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।