काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७ जना सहित थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको कुल सङ्ख्या १५ हजार ३ सय ८९ पुगेको छ ।
हाल देशभरि कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ६५ रहेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना संक्रमण मुक्त रहेका छन् । ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लाहरु पर्सा,रौतहट , महोत्तरी, काठमाडौं र कैलाली रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना संक्रमण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।