रौतहट ।। रौतहटको गढीमाई नगरपालिकामा सडक खन्ने क्रममा कुटपिट भएको छ । जिल्लाको क्षेत्र ४ ख बाट स्वतन्त्र उमेदवार भइ विजय भएका मो अव्दुल कलाम आजाद फुल बाबू को निर्देशनमा केही व्यक्तिहरुले सडक निर्माण गर्ने क्रममा विवाद हुँदा कुटपिट गरेको आरोप लागेको छ । गएको २० गते राति स्थानीयलाई राती कुटपिट गरि गम्भीर रुपले घाईते बनाएको आरोप छ ।घाइतेहुनेमा गढीमाई नगरपालिका वार्ड (३ गमहरिया टोलका शेख आजम गिर उनको श्रीमती नाजनि खातुन उनीहरुको छोरा समेत घाइते भएका छन ।निजि जग्गामा सडक नबाउन उच्च अदालत विरगजले अन्तरिम आदेश जारी गरेको र जवर्तस्ती सडक बनाउन थालेपछि बिवाद भएको थियो ।कुटपिट बाट तीनजना घाईते भएको र उजुरी परेकाले अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।