एजेन्सी ।। भारतमा कोभिड–१९ को संक्रमित १९ लाख भन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार मन्त्राालयका अनुसार भारतमा पछिल्लो २४ घण्टा ५६ हजार २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १९ लाख ६४ हजार ५ सय ३७ पुगेको छ ।
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा ९ सय ४ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० हजार ६ सय ९९ पुगेको छ ।
भारतमा जम्मा कोरोना संक्रमित मध्ये ५ लाख ९५ हजार ५ सय १ जना उपचाररत अवस्थामा रहेको छ । भने १३ लाख २८ हजार ३ सय ३७ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।