रौतहट ।। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै रौतहटमा पनि लकडाउन हुने भएको छ । छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण बढेसँग पछिल्लो समयमा रौतहटमा पनि समुदायस्तरमै कोरोना संक्रमण बढिरहेको अवस्थालाइ मध्यनजर गर्दै संक्रमण फैलिने त्रास अझै भएकाले जिल्लालाईनै सटडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार रौतहट जिल्लामा २४ गते देखि ३२ गतेसम्म पूर्णरूपमा लकडाउन गरिने भएको छ । मानिसहरूको आवतजावत भइरहेको हुनाले संक्रमण हुने जोखिम बढेकाले यो निर्णय गरिएको उँहाले बताउनुभयो । हाल लाई ३२ गते सम्म रौतहट जिल्ला पुर्ण लकडाउन हुने, निर्णय कार्यान्वयन गराउन नेपाली सेना समेत परिचालन गर्न सकिने निर्णय भएपनि त्यसपछि के गर्नेभन्ने बारे त्यसपछि निर्णय गरिने उहाँले बताउनुभयो ।यो लकडाउन अवधिमा जिल्लाका सरकारी कार्यालय, पसल, बजार, यातायात लगायत सम्पूर्ण पूर्णरूपमा बन्द रहने उहाँले जानकारी दिनुभयो ।
लकडाउनको समयमा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह समेत गरिएको छ ।
रौतहटमा पनि २४ गते देखि लकडाउन हुने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।