नुवाकोट ।। कोरोना भाइरसका सङ्क्रमित बढेपछि नुवाकोटको विदुर नगरपालिका शिल गरिएको छ । अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ । विदुर नगरपालिकामा कोभिड–१९ सङ्क्रमण समुदायमा फैलनबाट रोक्न नगरपालिकाका केही स्थान शिल गर्ने नपा कार्यालयको सिफारिस र कार्यालयको निर्णय अनुसार विदुरमा अर्को सूचना जारी नभएसम्मका लागि बुधबारबाट शिल गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण समुदायमा फैलिनबाट रोक्न विदुर नपा–९ को जिल्ला अस्पतालको सेवाबाहेक इन्टेक डिल, हातिगौंडा चोक, सामरी दोभान, सुनचापाको चौतारादेखि १२ नं खोला चौतारो किम्ताङ र हेभी गाडी चल्ने बाहेकका सडकहरू पूर्ण रुपमा निषेध गर्ने निर्णय गरिएको प्रजिअ ढकालले बताउनुभयो । विदुर नगरपालिका वडा नं. ९ का एक व्यक्तिमा कोरोना सङ्क्रमण देखिएसँगै पूरै नगरपालिका शिल गरिएको विदुर नगरपालिकाले जनाएको छ ।
सङ्क्रमित बढेपछि नुवाकोटको विदुर नगरपालिका शिल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।