एजेन्सी ।। भारतको उत्तर प्रदेशमा अवस्थित अयोध्यामा आज राम मन्दीर स्थापना गर्नका लागि शिलान्यास गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज भव्य समारोहकाबीच मन्दीरको शिलान्यास गर्नुभएको हो । वर्षौदेखि विवादीत बनेको अयोध्याको बाबरी मस्जिद भएको ठाउँमा गत वर्ष नोभेम्बरमा भारतको सर्वोच्च अदालतले राम मन्दीर भएको आदेश दिँदै मन्दीर निर्माण गर्न आदेश जारी गरेको थियो । बाबरी मस्जिदको गुम्बज भएको ठाउँमा आज भारतीय प्रधानमन्त्री मोदीले पाँच वटा चाँदीको ईटा ३२ सेकेन्ड भित्र राखेर शिलान्यास गर्नुभएको हो । अयोध्याको कारसेवक पुरममा बन्न लागेको मन्दीर सन् २०२४ सम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । मन्दीर शिलान्यासका लागि पूर्णिमाका दिनदेखि नै अनुष्ठान सुरु भएको थियो । राम मन्दीरको शिलान्यासमा विभिन्न क्षेत्रका धार्मीक गुरु, विभिन्न राजनीतिक दलका नेता, जनकपुरको जानकी मन्दीरका महन्थ लगायतलाई आमन्त्रण गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here