रौतहट ।। रौतहट जिल्लाको इश्नाथ नगरपालिका–५ का वडा अध्यक्ष आज सोमावार विहान मृत्यु भएको छ । इश्नाथका–५ का वडा अध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीनबन्धु यादवले जानकारी दिएका छन्‌।स्वासप्रश्वासमा समस्या देखिएपछि निधन भएकाले निजलाई कोरोना संक्रमण आशंका गरिएको छ। उनी केही दिनयता ज्वरो, रूघा र खोकी लागेर बिरामी परेका थिए। रक्तचाप र मधुमेह ९प्रेसर र सुगर० को समस्या भोग्दै आएका ठाकुरले आइतबार मध्यरातमा राम्ररी सास फेर्न नसकेपछि उपचारका लागि सदरमुकाम गौरतर्फ लगिएको थियो। तर बाटैमा निधन भएपछि शव फर्काएर अहिले घरमै राखिएको छ। तर, तीन दिनअघि मात्रै उनमा संक्रमण भएरनभएको बारे थाहा पाउन आरडीटी गरिएको र परीक्षण नतिजा नेगेटिभ आएको गाउँपालिकाका अधिकारीहरुले जानकारी दिएका छन्‌।ज्यान गुमाएका यादवमा कोरोना संक्रमणको लक्षण देखिएकाले उनको परिवारका सबै सदस्यको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here