काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय महिला विभागमा एक सचिव र सदस्यहरु गरी ३८ जनालाई नियुक्त गरेका छन्। सभापति देउवाले पार्टी विधानको धारा २५ ९९० बमोजिम विभागमामा मनोनयन गरेका हुन्। विभाग प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत फागुन १९ मा मनोनयन गरिएको थियो। मनोनीत हुनेमा ३८ जना छन्। सचिवमा सुनसरीका लक्ष्मी खतिवडा मनोनयन भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।