ओम प्रकाश यादव, रौतहट ।। आइतवार विहानदेखी लगातार भईरहेको वर्षाले देशभर सहित रौतहट जिल्लाको पनि जनजिवन पुर्ण रुपमा प्रभावित भएको छ । आइतवारबाट लगातार पाँच दिनसम्म देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार रौतहटमा पनि आईतवार बिहानैदेखि अविरल वर्षा भइरहेको छ । अविरल वर्षाले जिल्लाका ग्रामिण भेगका कच्ची सडकहरु हिलामय भएको छ भने अधिकांश सडकसञ्जालहरु पानीले जलमग्न हुन थालेको छ । वर्षाले रौतहटका प्रमुख दुई ठुला नदी बागमति र लालबकैयाका साथै अन्यस साना नदीहरुमा विस्तारै पानीको सतह बढन थालेको छ । केही दिन अघि पनि यस्तै निरन्तर भएको बर्षाका कारण लालबकैया र बागमति खोलाले रौतहटका नागरिकमा त्रास सिर्जना गरेको थियो । आइतवार देखी पुन वर्षा हुन थालेपछि जिल्लामा डुवान तथा कटानले क्षति पुर्याउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले सबै जिल्लाबासीलाई सचेत गराएको छ । पछिलो दुई दिन देखी रौतहट सहित मुलुकको अधिकांश भू भागमा भारी वर्षा भइरहेको र यो क्रम अझै केहिदिन सम्म निरन्तर रुपमा जारी नै रहने पुर्वानुमान गरिएकोले यस जिल्लालाई प्रभावित गर्न सक्ने बागमति, लालबकैया लगाएतका नदीहरुमा पानीको बहाव सतर्कता आसपास हुन गई आकस्मिक बाढी आउन सक्ने देखिएकोले सम्पुर्ण जिल्लावासीलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । लगातारको बर्षाले जिल्लाका नदीहरुमा आएको बाढीले विगतका दिनमा समेत स्थानियहरुमा ठुलो धनजनको क्षति पुरयाउँदै आएको कुरालाई मध्य नजर गर्दै सबैलाई सचेत रहन रौतहट प्रशासनले सार्वजनिक रुपमा सुचना नै निकालेर आग्रह गरेको छ ।
वर्षाको समयमा उच्च सतर्कता अपनाउन रौतहट प्रशासनको आग्रह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।