काठमाडौं ।। विश्वरभरमा कोरोना भाइरसका कारण दैनिक संक्रमित हुनेको संख्या लगातार बढ्दो क्रममा छ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४४ लाख २६ हजार १५० पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ४ हजार ९१७ जना पुगेको छ । हालसम्म ८६ लाख १२ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ३३ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । जसमा अमेरिकामा मात्रै ६३ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३८ लाख ३३ हजार ३७१ पुगेको छ । यहाँ हालसम्म १ लाख ४२ हजार ८७७ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म २० लाख ७५ हजार २४६ जना संक्रमित हुँदा ७८ हजार ८१७ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १० लाख ७७ हजार ६ सय १८ संक्रमित हुँदा २६ हजार ८ सय १६ जनाको मृत्यु भएको छ ।
विश्वरभरमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ लाख ४ हजार भन्दा बढी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।