सिरहा ।। सलह किराको झुन्ड सिरहामा पनि देखिएको छ । सिरहा नगरपालिका २२ मा स्थानीय किसानले लगाएको उखु बालीमा हजारौंको संख्यामा सलह किरा देखापरेको स्थानीय किसानले बताएका छन् । यस विषयमा कृषि ज्ञान केन्द्र र स्थानीय तह भने अनविज्ञ देखिएका छन् । भारत बिहार तर्फबाट पसेको सलह किरा, सिरहा जिल्ला हुँदै उत्तरतर्फ प्रवेश गरिरहेको छ । सलह किरा नियन्त्रण गर्नको लागि सम्बन्धित निकायहरूले अहिलेसम्म प्रयास नगरेका स्थानीय किसानहरूको गुनासो छ । सलह किरा सिरहा जिल्लामा प्रवेश गरेको सन्दर्भमा जानकारी प्राप्त नभएको कृषि ज्ञान केन्द्र, सप्तरीले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।