नुवाकोट ।। नुवाकोटको छिमेकी रसुवा कोरोनामुक्त भएको छ । एक महिनाको अवधिमा रसुवामा ११ जना कोरोना सङ्क्रमित फेला परेकोमा सबैले कोरोनालाई जितेर घर फर्केका छन् । हिमाली जिल्ला रसुवाका ११ जना कोरोना सङ्क्रमित निको भएसँगै रसुवा कोरोना मुक्त भएको हो । गत साता रसुवामा १० जना सङ्क्रमित निको भइसकेका थिए । थप एक जनामा कोरोना पुष्टि भएको थियो । ती सङ्क्रमितको पनि दोश्रो पटक परीक्षण गर्दा कोरोना रिर्पोट नेगटिभ आएपछि डिस्चार्ज गरिएको रसुवा स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अब रसुवामा सक्रिय कोरोना सङ्क्रमित छैनन् । गत शुक्रबार कालिका गाउँपालिका–३ का २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । उनी कुवेतबाट आएका हुन् । गत असार १३ गते रसुवामा पहिलो पटक आठ महिलासहित ९ जना कोरोना सङ्क्रमित फेला परेका थिए । रसुवामा हालसम्म कोरोना पुष्टि भएका ११ जना नै विदेशबाट आएका व्यक्ति हुन् । रसुवाका सबै कोरोना सङ्क्रमित निको भएसँगै जिल्ला कोरोना मुक्त भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार सबै ११ जनै सङ्क्रमित निको भएसँगै जिल्लामा सक्रिय कोरोना सङ्क्रमित शून्य भएको हो ।
रसुवा भयो कोरोनामुक्त
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।