काठमाडाैं ।। नेपालमा ६ दिनपछि नोबेल कोरोना भाइरस सङ्क्रमणको दर बढेपछि थप फैलिन नदिने रणनीतिमा सरकार जुटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कहाँकहाँ सङ्क्रमणको दर बढेको छ र समुदायमा सङ्क्रमण फैलिन नदिनका लागि के कसरी जान सकिन्छ भन्ने बारेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय भइरहेको बताउनुभयो । गत शनिबार यता एक सय ५० भन्दा कम दरमा देखिएको कोरोना सङ्क्रमण हिजो भने एक सय ६७ जनामा देखिएको हो । नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १७ हजार तीन सय ४४ पुगेको छ । भोजपुर, संखुवासभा, हुम्ला, मनाङ र मुस्ताङ कोरोनामुक्त भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here