काठमाडाैं ।। नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले वित्तीय स्थायित्वका लागि विशेष ध्यान दिन सुझाव दिएको छ । आज कांग्रेसको आर्थिक समितिले आयोजना गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वित्तीय स्थायित्व र आर्थिक वृद्धि हासिल गर्नका लागि मद्दत पुग्ने किसिमको मौद्रिक नीति केन्द्रीय बैंकले तर्जुमा गर्नुपर्ने बताउनुभएको हो । डा. महतले बैंकलाई प्रोत्साहन गरेर एक आपसमा गाभ्नुपर्नेमा जोड दिनुभयो । उहाँले वित्तीय स्थायित्व, ब्याजदर स्थायित्व, मुद्रास्फिति नियन्त्रण, आर्थिक वृद्धिदर हासिलमा सहयोग, रोजगारी सिर्जनामा मद्दत पु¥याउने खालेको मौद्रिक नीति ल्याउन केन्द्रीय बेंकलाई सुझाव दिनुभयो । पूर्व अर्थमन्त्री महतले उद्योगी–व्यवसायीलाई सहुलियत ऋण उपलब्ध गराउनका लागि पुनरकर्जा कोषको आकार बढाएर दुइ खर्ब भन्दा माथि बनाउन समेत सुझाव दिनुभयो । अहिले दुइ खर्बको बनाउने भन्ने विषयमा छलफल भइरहेको भन्दै उहाँले यसलाई दुइ खर्ब भन्दा पनि बढी बनाउनु पर्ने बताउनुभयो । उहाँले यस्तो कर्जा तीन प्रतिशत ब्याजदरमा उपलब्ध गराउने व्यवस्था पनि मौद्रिक नीतिले गर्नु पर्ने बताउनुभयो । उहाँले वाणिज्य बैंकमा तरतला अभाव हुने समस्या आउन नदिनका लागि पनि मौद्रिक नीतिले तर्जुमा गर्नु पर्ने बताउनुभयो । उहाँले बैंकको मर्जरको विषयमा जर्वजस्त गर्न नहुने बताउनुभयो । जथाभावी पुँजी बढाएर बैंकलाई एक आपसमा गाभ्न नहुने उहाँले बताउनुभयो ।
केन्द्रीय बैंकलाई वित्तीय स्थायित्वमा विशेष ध्यान दिन काँग्रेसको सुझाव
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।