काठमाडाैं ।। असार मसान्तसम्म देशभर कुल रोपाइँयोग्य जमिनको ८१ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष असार मसान्तसम्म ४० दशमलव ४९ प्रतिशत भूभागमा रोपाइँ भएकोमा यस वर्ष भने एक दशमलव ५८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ । कुल १३ लाख ७१ हजार ६ हेक्टर रोपाइँयोग्य जमिनमध्ये ११ लाख १९ हजार ९१ हेक्टर जमिनमा रोपाइँ सकिएको विभागका सूचना अधिकारी डाक्टर महादेव पौडेलर्ले जानकारी दिनुभयो । सुदूरपश्चिम, कर्णाली र प्रदेश पाँचको रोपाइँ सकिने चरणमा पुगेको छ । यस वर्ष रोपाइँ छिट्टै हुँदा धान उत्पादन बढ्ने अनुमान गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here