काठमाडौं ।। कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।
सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणबाट सोमबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमिमतमध्ये ४१ जना सुर्खेतका हुन् भने रुकुम पश्चिम र दैलेखका दुईरदुईजना र जाजरकोट र बाँकेका एकरएकजना रहेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मात्रै ४ महिलासहित २० जना, सिम्ता गाउँपालिकाका ६ महिलासहित २१ जना रहेका छन् ।
यस्तै, रुकुम पश्चिमको रानीभेरी गाउँपालिका(३ का दुईजना पुरुष, दैलेख आठबीस नगरपालिकाकी ११ वर्षीय बालिका र नारायण नगरपालिकाका ३५ वर्षीय पुरुष, जाजरकोटको भेरी नगरपालिका(७ र बाँकेको सीतापुर(४ का एकरएकजना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १६६३ जना पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here