काठमाडाैं ।। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६८९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३० लाख ४२ हजार ३४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
कोरोना भाइरसका कारण बिरामी भएका ७५ लाख ८८ हजार ५१० जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४८ लाख ८२ हजार १४१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६५२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।