काठमाडौं  ।। बलिउड महानायक अमिताभ बच्चनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शनिवार अमिताभ र उनका छोरा तथा अभिनेता अभिषक बच्चनलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

कोरोना देखिएपछि उनीहरु दुबै मुम्बईस्थित नानावती अस्पताल भर्ना भएका छन् ।अमिताभको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

उपचारमा संलग्न डाक्टरले उनको स्वासप्रश्वासमा सामान्य समस्या र अरु स्थीर रहेको बताएका छन् । कोरोना संक्रमण भएको जानकारी पाएपछि बलिउडका कलाकार र प्रशंसकहरूले अमिताभलाई स्वास्थ्य लाभको कामना गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here