एजेन्सी ।। भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढि रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप २८ हजार ६ सय ३७ जनामा कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमित बनेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ८ लाख ४९ हजार ५ सय ५३पुगेको छ । पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ५५१ जनाको मृत्यु भएको छ ।योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २२ हजार ६७४ पुगेको छ ।
भारतमा अहिलेसम्म ५ लाख ३४ हजार ६२१ जना ठिक भएका छन् यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।