काठमाडौं ।। विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या एक करोड २० लाख भन्दा बढी पुगेको छ ।जोन्स हप्किन्स युनिभर्सिटकिा अनुसार अहिले सम्म विश्वभर कोरोना संक्रमितको संख्या एूक करोड २० लाख १२ हजार ७२० संक्रमित पुगेको छ ।
सबैभन्दा बढी अमेरिकामा साढे ३० लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन् भने ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ लाख नाघेको छ । भारतमा पनि सात लाख ४० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।
विश्वभर कोरोना सङ्क्रमित मध्ये मृत्यु हुनेको संख्या पनि पाँच लाख ४८ हजार ९१४ पुगेको छ । विश्वभरी ६५ लाख ६२ हजार ६७९ संक्रमित निको भएर घर फर्किएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।