काठमाडाैं ।। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिसस, रियाद महरेज, रहिम स्ट्रर्लिङ र डेभिड सिल्भाले एक एक गोल गर्नुभएको थियो । न्युकासलका फेड्रिको फर्नान्डेजले एक आत्मघाती गोल गर्नुभयो । जितसँगै सिटीले ३४ खेलबाट ६९ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ । ४३ अंक जोडेको न्युकासल १३ औं स्थानमा रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here