एजेन्सी ।। भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस(कोभिड–१९) बाट ४८७ जनाको मृतयु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २१ हजार १२९ पुगेको छ ।
भारतमा अहिले सम्म जम्मा कोरोना संक्रमितको संख्या सात लाख ३७ हजार २९६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २४ हजार ८७९ नयाँ संक्रमित फेला परेका हुन् । अहिलेसम्म भारतमा ४ लाख ७६ हजार ३७८ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।