नुवाकोट ।। एक साता अगाडि भित्रिएको सलह नुवाकोटका पांच स्थानीय तहमा देखा परेको छ । विदुर र वेलकोगटी नगरपालिकासहित १० गाउंपालिका रहेको पहाडि संरचना रहेको नुवाकोटमा पांच स्थानीय तहमा सलहले क्षति पुयाएको कृषि ज्ञान केन्द्रले जनाएको छ । मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुण्डसमेत सानो भएकाले नआत्तिन नुवाकोटका बाली संरक्षण अधिकृत एलिजा श्रेष्ठले किसानहरूलाई सुझाव दिनुभयो । नुवाकोटमा देखापरेको सलहका कारण कृषकलाई हुने जोखिम र यसबाट जोगिने उपायाको बारेमा सल्लाह सुझाव लिनुपरेमा कृषि ज्ञानकेन्द्रमा सम्पर्क गर्नुपनि श्रेष्ठको आग्रह छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here