काठमाडाैं ।। अहिले देशभरका धेरै ठाउँमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखका अनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भूभाग नजिक निम्न चापीय क्षेत्र रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानहरूमा वर्षा हुने महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ । २४ घण्टे चेतावनी जारी गर्दै महाशाखाले वर्षा हुने क्षेत्रमा बाढीपहिरो तथा डुबानको समेत खतरा रहेकाले होसियारी अपनाउन आग्रह गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।