कास्की ।। गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार तनहुँमा २ जना र बाग्लुङमा १ जना गरी थप ३ सङ्क्रमित फेला परेका छन् । तनहुँको ब्यास नगरपालिकाकाका ६ बर्षका १ बालक र शुक्लागण्डकीका २८ बर्षका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । बाग्लुङको काठेखोलाका वर्ष २४ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९१ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।