एजेन्सी ।। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका थप दुई कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । शनिबार ओक्लाहोमामा आयोजना गरिएको टुल्सा जुलुसमा सहभागी भएका कर्मचारीहरुमा कोरोना संक्रमित भएको हो। यस अघि उक्त जुलुसमा सहभागीहरु भएका ६ जनालाई संक्रमित भइसकेको छ। यसैसँग उक्त जुलुसमा सहभागी हुने ट्रम्पका ८ जना कर्मचारीलाई कोरोना संक्रमित भएको छ। यद्यपि जुलुसमा सहभागी भएका कर्मचारी सदस्यहरूले मास्क लगाएका थिए। मार्च पछि ट्रम्पको यो पहिलो जुलुस हो।
ह्वाइट हाउसका सबै कर्मचारीलाई अनिवार्य रुपमा मास्क लगाउन लगाउनुपर्ने र सहकर्मीसँग पर्याप्त दूरी कायम गर्नुपर्ने निर्देशन ह्वाइट हाउस कार्यालयले दिएको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।