सर्लाही ।। सर्लाहीमा हातखुट्टा बाँधी एक जना पुरुषको हत्या भएको छ । जिल्लाको रामनगर गाउँपालिका ४ बैरिया टोलका ४० वर्षिय रामजुलुम रायको शव हत्या गरिएको अवस्थामा घरभन्दा केही दुरीमा रहेको खेतमा फेला परेको छ ।
रायको हत्यामा घरेलु धारीलो हतियार प्रयोग गरिएको शवको प्रकृतीले बुझीएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।
दुवै खुट्टा र हात बाँधिएको अवस्थामा रायको शव फेला परेको छ र घरेलु हतियार प्रयोग गरी उनको हत्या गरेको देखिन्छ, घटना स्थलमा पुगेका रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले भने ।
सर्लाही प्रहरीका प्रबक्ता कुँवरले पनि उनको हत्या घरेलु हतियारको प्रयोग गरी भएको देखिएको बताए । उनको हत्या कसले र किन गरेको हो ? भन्ने सन्दर्भमा खुलिसकेको छैन ।
प्रदेश २ का प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
यता गाउँलेहरुका अनुसार, हिजो सनिवार साझ मात्र वडा अध्यक्ष सहितको समुहसंग सडक ढलानको सम्बन्धमा मृतक राय संग विवाद भएको बताईएको छ । सडक ढलानको विषयलाई लिएर मृतक रायले जनकपुर उच्च अदालतबाट आफ्नो जग्गामा बलजवजस्ती सडक ढलान गर्न लागेको भन्दै निषेधाज्ञा जारी गराएको बुझिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हातखुट्टा बाँधी एक जनाको हत्या
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।