रौतहट ।। सतारुढ नेकपाले गरेको नागरिकता बिधियेक सम्बन्धी निर्णय प्रती असहमती जनाउदै आईतवार गौरमा जनता समाजवादी पार्टी र नेपाली काँग्रेसले छुटाछुटै प्रदर्शन गरेको छ ।
प्रदर्शनकै क्रममा जनता समाजवादी पार्टीले नेकपाद्धारा नागरिकता सम्बन्धी गरिएको निर्णय प्रतिलिपीलाई गौरको विपी चोकमा जलाएर विरोध जनाएको हो । गौरको विपी चौकमा जम्मा भएका उक्त पार्टीका नेता कार्यकर्ताहरु तथा अधिकारकर्मिहरुले सत्तारुद्ध दलको विभेदपूर्ण तवरबाट मधेशी जनता माथि विभेदपूर्ण व्यवहार गर्न खोजेको भन्दै सो प्रतिलिपी जलाएका छन् ।
बिदेशी बुहारिलाई ७ बर्ष पछि मात्रै नागरिकता दिने प्राबधानबाट नेपाल भारतको जनताहरु बिच सदियौं देखि कायम रहेको “बेटि रोटिको” सम्बन्धमा आच पुर्याउने तथा मधेशी जनताहरुलाई प्रत्यक्ष असर पारेर दासत्वको जंजिरभित्र जकडिने मनसायबाट ल्याउन लागिएको उक्त निर्णय तत्काल सच्चायाउन माग गरिएको छ । प्रतिलीपि जलाए पछि आयोजित कोण सभामा बोल्दै सजपा नेता रेवन्त झाले निर्णय फिर्ता लिइ अन्तरिम २०६३ को संबिधानमा भएको ब्यब्स्था लागू नगरिए देशमा आगो बल्ने चेतावनी दिए ।
नेता झाले आफुहरु लाई आफ्नै देशमा पटक पटक नेपालीको प्रमाण पेश गर्नु परेको भन्दै यस्तै अवस्था रहे आफुहरुले राष्ट्रियताको बिसयमा सोचन बाध्य हुने बताउदै नेकपाले मधेशप्रती चरम विभेद गरिरहेको भन्दै सोही पार्टीका मधेशी नेताहरुलाई समेत अवाज उठाउन आह्वान गरे । उक्त विरोध क्रममा गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता, देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल, गौर नगरपालिकाका उप प्रमुख किरण ठाकुर, लगायतका नेताहरु र अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।
यसैगरी नेपाली काग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादवको नेतृत्वमा सयौं कार्यकर्ताहरु ओली सरकारले ल्याउन लागिएको नागरिकता ऐन असहमती प्रकट गर्दै गौरमा सरकार विरुद्ध चर्को नारावाजी गरेका छन् । देश कोरोना भाइरसको चरम शंकटबाट गुज्रिरहेको अवस्थामा जनताको ध्यान अन्यत्र सार्नका लागि नारिकता ऐनमा शंशोधन गर्दै जनताहरु विच विभेद खडा गर्ने दुषप्रयासको विरुद्ध नेपाली काँग्रेस चुप लागेर बस्न नसकने चेतावनी जिल्ला सभापति यादवले दिए ।
ओली सरकार कोरोनाको नामका अर्बौ अर्ब आर्थिक अनियमितता गरेकोमा त्यसलाई ढाकछोप गर्न वेला वेलामा अर्कै कुराहरु उठाएर जनताहरुको ध्यानलाई दिग्भ्रमित बनाउन खोजेको हुँदा नेपाली काँग्रेस यो सरकारको चौतर्फी रुपमा पर्दाफास गरी जनसमक्ष नाँगो पारेर मात्रै विश्राम लिने बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here