एजेन्सी ।। भरतमा कोरोनाको संक्रमणकाे संख्या दिनदिनै बढदै छ । भारतमा कोरोना संक्रमणको संख्या चार लाख नजिक पुगेको छ । भारतमा आज बिहान मात्रै तीन सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १४ हजार ७ सय २१ ज्नामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
शनिबार साझसम्म भारतमा काेराेना संक्रमितको संख्या तीन लाख ९६ हजार एक सय ८२ पुगेको छ। अहिलेसम्म १२ हजार नौ सय ७० जनाको मृत्यु भएको छ। अझै आठ हजार नौ सय ४४ जना गम्भीर रहेका छन्।अहिलेसम्म दुई लाख १४ हजार दुई सय नौ जना निको भएका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।