एजेन्सी ।। बलिउडका अभिनेता सुशांत सिंह राजपूतको मृत्युपछि बलिउडमा उथल पुथल मच्चिएको छ । सुशांतले किन आत्महत्या गर्योज भन्ने बारेमा धेरै अनुमान लगाइरहेका छन्।
यहि क्रममा गायक सोनु निगमले समेत आफ्नो पिडा पोख्दै सुशान्त प्रति आफ्नो भावना व्यक्त गरेका छन् ।
सोनु निगमले सामाजिक संजालमा लाईभ आएर लगभग साढे सात मिनेटको भिडियोमा, सोनू भन्छन्( शुभ प्रभात, नमस्ते। म यस भिडियोको माध्यमबाट संगीत उद्योगमा अनुरोध गर्न चाहन्छु, किनभने आज सुशांत सिंह राजपूतको मृत्यु भएको छ। एक अभिनेता मरेको छ। भोली तपाई एकै गायक वा एक संगीत रचनाकारको बारेमा पनि सुन्न सक्नुहुन्छ। वा गीतकार सुन्नुहोस्। किनभने हाम्रो देशमा संगीत उद्योगको वातावरण माफिया संगीत उद्योगको फिल्महरू भन्दा दुर्भाग्यवस ठूलो छ।
आफुले समेत केहि कलाकारहरुबाट हेपाई सहेको कुरा व्यक्त गरेका छन् । उनले सांकेतिक रुपमा सलमान खान तर्फ औलाउदै आफुले समेत धेरैचोटी हेपाई सहदै आएको र यहि सुशान्तको समेत पिडा रहेको उल्लेख गरेका छन् । सोनुले भने, ूसुशान्तको केसमा नाम आएको एक कलाकारसंग मेरो पनि पिडाको घटना जोडिएको छ । ति कलाकारले मेरो स्वरमा भएको गितहरु हटाउन लाएर अरुको स्वरको गित राखेका छन् । मलाई गाउन लाएर अन्तिममा हटाएर अरुलाई गाउन लाएका छन् र यो मेरो मात्र नभएर अहिलेको नयाँ गायकहरुको समेत पिडा हो । आर्जित सिंहलाई समेत यस्तो हर्कत गरेका छन् ति कलाकारले जसले गर्दा आर्जितको स्वरको गित उनको चलचित्रमा राख्न नै छोडेका छन् ।

https://www.instagram.com/tv/CBkwC8Uhs_H/?utm_source=ig_embed

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here