जापान ।। पश्चिम जापानको ओसाका प्रिफेक्चरका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसउपचारको भ्याक्सिन तयार पारेका छन् ।अनुसन्धानकर्ताहरुको टिमसँग मिलेर स्वास्थ्य अधिकारीहरुले भ्याक्सिन तयार पारेको बताएका छन् ।

ओसाकामा रहेको विश्वविद्यालयका अनुसन्धानकर्ताहरुसँगको सहकार्यमा तयार पारिएको भ्याक्सिन जनावरमा परीक्षण गरिसकिएको छ ।ओसाकाका गभर्नर योशिमुरा हिरोफुमीका अनुसार यहि जुन महिनाको अन्तमा कोरोनाभाइरस विरूद्ध खोपको क्लिनिकल परीक्षण मानिसमा सुरू गर्ने तयारी थालिएको छ । जनावरमा गरिएको परिक्षण उत्साहजनक रहेको बताउँदै गभर्नर हिरोफुमीले क्लिनिकल परीक्षण २० देखी ३० जना स्वास्थ्यकर्मीहरुमा गरिने जानकारी दिएका छन् ।
गर्भनर हिरोफुमीले कोरोना भाइरसँग लड्न औषधि र खोप बिकास गरिनु महत्वपूर्ण रहेको बताउँदै आफ्नो प्रान्तले जापानमै पहिलो पटक भ्याक्सिन तयार पारेर मानिसमा परिक्षण गर्न लागेको बताए । प्रिफेक्चरले स्वास्थ्यकर्मीहरुमा गरिने क्लिनिकल परिक्षणमा खोप प्रभावकारीसँगै सुरक्षित प्रमाणित भएपछि अक्टोबर महिनामा सयौं मानिसमा खोप परिक्षण गर्ने योजना बनाएको छ ।
यसै बर्षको अन्त्यसम्ममा २ लाख भ्याक्सिन तयार पारेर सबै दृष्टिकोषणले प्रभावकारी र सुरक्षित प्रमाणित भएपछि भ्याक्सिन उत्पादन र विक्रिको लागि स्विकृती लिईने गर्भनर हिरोफुमीले स्पष्ट पारे । जापानमा हालसम्म १७ हजार ६ सय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ सय ३० बढीको मृत्यु भईसकेको सरकारी तथ्यांक छ । संक्रमित मध्ये करिव १६ हजार व्यक्ति उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । जापानमा केहीदिन यता दैनिक सरदर ५० जनाको संख्यामा कोभिड १९ भाइरसका बिरामीहरु थपिईरहेका छन् ।

श्राेत ः काराेवार दैनिक

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here