काठमाडाैं ।। गम्भीर बिरामीहरूको दुखाइ कम गराउने औषधि डेक्सामेथासोनले यूकेमा कोरोनाभाइरस सङ्क्रमणबाट गम्भीर बिरामीहरूको उपचारमा प्रभावकारी भूमिका खेलेको दाबी गरिएको छ।

यूकेमा गरिएको परीक्षणले उक्त औषधिले कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान जोगाउन सक्ने देखाएको छ।यसलाई यूकेको स्वास्थ्यसम्बन्धी निकाय न्याश्नल हेल्थ सर्भिस एनएचएसले तुरुन्तै प्रयोग गर्न सकिने बताएको छ।

तर यो औषधि कस्तो हो? यसले कसरी काम गर्छ?

डेक्सामेथासोन के हो?

डेक्सामेथासोन स्टेरोइड हो।यो एक प्रकारको औषधि हो जसले शरीरमा दुखाइ कम गर्ने हर्मोनले जस्तै काम गर्छ।

यसले कसरी काम गर्छ?

यो औषधिले शरीरको प्रतिरक्षा प्रणालीलाई ओसिलो बनाउँछ।

शरीरले कोरोनाभाइरस लड्ने क्रममा उक्त सङ्क्रमणले जलन उत्पन्न गराउँछ।

तर कहिलेकाहीँ प्रतिरक्षा प्रणाली अत्यधिक सक्रिय भइदिन्छ र यो प्रतिक्रिया घातक सिद्ध हुन सक्छ।

सङ्क्रमणसँग जुझ्नका बनेका प्रतिरक्षाले नै शरीरका कोषलाई आक्रमण गरिदिन्छ।

डेक्सामेथासोनले यसको प्रभावलाई न्यूनीकरण गर्छ।

यो अस्पतालमा भर्ना गरिएका र अक्सीजन अनि भेन्टीलेटरको सहायता लिइरहेकाहरूका लागि मात्रै उपयुक्त छ।

सामान्य लक्षण देखिएका व्यक्तिमा यो औषधिले काम गर्दैन।

यो कत्तिको प्रभावकारी छ?

परीक्षणमा संलग्न वैज्ञानिकहरूका अनुसार औसतमा भेन्टीलेटरमा उपचारार्थ २५ जनामध्ये एकको मृत्यु हुनबाट जोगाउन सकिन्छ।

यो औषधिले अक्सिजन दिइएका आठ जनामा एक जनाको जीवन जोगाउने देखिएको छ।

श्वासप्रश्वासमा समस्या नदेखिएका बिरामीहरूमा भने खासै फाइदा देखिएको छैन।

श्राेत ः बीबीसी

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here